Sagun Khabar
नेपाल महिला संघ बैतडीको कार्यवाहक अध्यक्षमा ठगुन्ना 

बैतडी –नेपाल महिला संघ बैतडीको कार्यवाहक अध्यक्षको जिम्मेवारी तुलसी ठगुन्नालाई दिइएको छ । 

नेपाल महिला संघ बैतडीकी अध्यक्ष देवु ठगुन्ना स्वास्थ्य समस्याका कारण जिल्ला बाहिर जानुपर्ने भएकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । 

लामो समयदेखि नेपाल महिला संघमार्फत नेपाली कांग्रेसको राजनीतिमा सक्रिय ठगुन्नालाई नेपाल महिला संघको विधान अनुसार काम गर्न भनिएको छ । 

नेपाल महिला संघको विधान अनुसार आफूले सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्ने कार्यवाहक अध्यक्ष तुलसी ठगुन्नाले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update