Sagun Khabar
पाटन–५मा कांग्रेसको वडा सम्मेलन सम्पन्न, जेष्ठ क्रियाशील सदस्यलाई सम्मान 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं–५ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन र चलायमान बनाउनका लागि विधान अनुसार वडा सम्मेलन गरिएको वडा सभापति फुनीसिंह बोहराले बताए । 

यस्तै कांग्रेसले वडा नं ५ भित्र रहेका नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत गरेको छ । ३२ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको सभापति बोहराले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, महासमिति सदस्य नरेन्द्र भट्ट लगायतका नेता –कार्यकर्ताहरुको उपस्थितीमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको बोहराले बताए । 

नेपाली कांंग्रेसले पार्टीमा योगदान पुर्याएका जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्दै आएको छ । वडा सम्मेलनको क्रममा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको र सोही अनुुसार आज पाटन नगरपालिका–५ मा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए । 

यस्तै कार्यक्रममा पार्टीका क्रियाशील सदस्यहरुलाई सदस्यता समेत वितरण गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update