बैतडीको सुर्नयामा पनि मनाइयो धान दिवस

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजनामा २२ औं राष्ट्रिय धान दिवस मनाइएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन्।
गाउँपालिकाकै नर्सरीमा धान रोपेर धान दिवस मनाइएको उनले बताइन् । धान दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, उपाध्यक्ष मञ्जु बोहरा, प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशी, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले धान रोपेका थिए ।
हरेक बर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने परम्परा अनुसार पालिकामा पनि धान दिवस मनाइएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १८:१२
प्रतिक्रिया दिनुहोस्