Sagun Khabar
वाइसीएल नेपालको भुगोल केन्द्रीय सदस्यमा बैतडीका तर्कसिह ठगुन्ना चयन

बैतडी : योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको भुगोल केन्द्रीय सदस्यमा बैतडीका तर्कसिह ठगुन्ना चयन भएका छन।

पाटन नगरपालिका–०१ का वडाध्यक्ष समेत रहेका ठगुन्ना शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट सदस्य पदमा सर्वसम्मत चयन भएका बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको सम्मेलन कार्यक्रम यहि जेठ १८ गतेदेखी जारी रहेर शुक्रबार सम्पन्न भएको वाइसीएल केन्द्रिय कमिटीले जानकारी दिनु भएको छ । सम्मेलनबाट अध्यक्षमा पुष्प ओलि, महासचिवमा गणेश शाही र कोषाध्यक्षमा राजिब गिरि सहित ३५१ जनाको कमिटी सर्वसम्मत चयन भएको स्रोतमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update