घरमा आगलागी हुँदा कैलालीमा एकजनाको मृत्यु

कैलाली –घरमा आगलागी हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।
सोमवार बिहान २ बजे गौरीगंगा नगरपालिका–१० जवलपुरमा रहेको एक घरमा आगलागी हुँदा ७६ बर्षीय कुक्रु डगौरा थारुको जलेर घटनास्थलमा नै मृत्यु भएको हो । काठ र खरले छाएको २ तले घरको माथिल्लो तलामा आगलागी हुदा माथिल्लो तलामा सुतेका कुक्र डगौराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए ।
आगलागी करिब एक घण्टापछि इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुलेको छैन। घटना बारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्