Sagun Khabar
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो । 

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ । सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ ।

त्यस्तै, गाउँ–गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने उल्लेख छ । 

नीति तथा कार्यक्रमको पूर्ण पाठ 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update