सरकारी कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन। यद्यपि महंगी भत्ता भने बढाएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको बताए।
उनले तलब नबढे पनि महंगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे। यसअघि सरकारी कर्मचारीले महंगी भत्तावापत २ हजार पाउँदै आएका थिए। आगामी आर्थिक वर्षबाट महंगी भत्तास्वरूप थप ३ हजार पाउने भएका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्