Sagun Khabar
स्वास्थ्य क्षेत्रमा बजेट बढ्यो

काठमाडौँ : स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको हो। गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए। गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update