
बैतडी - बैतडीको पाटन नगरपालिका-१ को प्रसासनिक भवन निर्धारित समयअघि नै निर्माण सम्पन्न भएको छ।
धरमदेव निर्माण सेवाले बजेट सुनिश्चित गरी सम्झौता भएको ५ महिनामै निर्माण सम्पन्न गरेको निर्माण व्यावसायी भरत सिंह ओलीले बताए । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भएको र आफुले सो भवनको निर्माणको जिम्मा लिएका निर्माण व्यावसायी ओलीले बताएका छन ।
६ कोठा र एक हलसहितको उक्त भवन निर्माण गर्न चुनौती रहेको भएपनि जिम्मेवारी ढंगले काम गरेको हुनाले काम समय अगावै सम्पन्न भएको निर्माण व्यावसायी ओलीको भनाइ रहेको छ । प्रसासनिक भवन निर्माण गर्न कच्ची ग्रामिण सडक रहेकाले समयमै निर्माण सामाग्री पुर्याउन कठिन रहेको भएपनी आफुहरुले नियमित रुपमा बैकल्पिक रुपमा काम गर्न थालेपछी यो सम्भव भएको उहाँले बताए ।
निर्माण सामग्री ढुवानी गर्न सुर्नया नदीमा पुल समेत नभएकाले केही असहजका बाबजुद पनि आफुहरुले प्रसासनिक भवन निर्माण गरिरहेको ठाउँ सम्म निर्माण सामग्री पुर्याएर भवन निर्माण सम्पन्न गरि सोमबार नै पालिकालाई भवन हस्तान्त्रण गरेको व्यावसायी ओलीले बताएका छन ।
निर्माण व्यावसायीले दत्तचित्त भएर निर्माणको काम गरेको हुनाले निर्माणको काम सुरु गरेको ५महिनामै काम सम्पन्न भएको वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए । निर्माण व्यावसायीले समया अवधि अघि नै काम सम्पन्न गरेपछि आफुहरु खुसी हुँदै निर्माण व्यावसायी ओलीलाई धन्यवाद दिएको अध्यक्ष ठगुन्नाले बताएका छन ।