
बैतडी - दार्चुलामा ढुङ्गा खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
बुधबार बिहान ७ बजेको समयमा नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले बताए ।
बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको र उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका सूचना अधिकारी रावतले जानकारी दिएका छन । घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उहाँले बताए ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल तर्फ गएको बताइएको छ।