बाजुरामा टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

बाजुरा –बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै दुई जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोली घटनास्थलमा पुगेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्