Sagun Khabar
अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा सिद्धेश्वर माविद्धारा पाँच  असल परिवार सम्मानित  

बैतडी – अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा बैतडीको एक विद्यालयले पाँच ओटा असल परिवारलाई सम्मानित गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले  विहीवार (आज ) परेको अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा आफ्नो  सेवा क्षेत्र भित्रका पाँच वटा असल परिवारलाई एक समारोहका बिच सम्मानित गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।

सम्मनित हुने उत्कृष्ट घरपरिवार मध्ये कलावती भाट धारापानी, पार्वती भाट गैराखाना, कृष्ण सिंह महरा राङ्गाजुजौना, नर बहादुर महरा देवतापुज्जा र ज्ञानेन्द्र प्रसाद भट्ट खालीडाँडा रहेका छन् ।

घरपरिवार तथा समाजमा मेलमिलाप गरेर बस्ने, बालबालिकाहरुको हेरचाह, रेखदेख गर्ने, विद्यालयका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, विद्यालयका सूचना एवं गतिविधीहरु सही सम्प्रेषण गर्ने, घरमा बालबालिकाहरुले पढने खेल्ने वातावरण सहज रुपमा पाईरहेका सबै भन्दा उत्कृष्ट अभिभावकत्वको भुमिका निर्वाह गरिरहेका परिवार लाई अन्तर्राष्टिय परिवार दिवसको अवसरमा विद्यालयको तर्फबाट फूलमाला, टिका, दोसल्ला र प्रमाणपत्र द्वारा सम्मानित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update