
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–१ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
पूर्ण खोप सुनिश्चित घोषणाका सबै सूचक पूरा गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हटैराज स्वास्थ्यचौकीका प्रमुख प्रकाश चन्दले जानकारी दिए ।
वडाभित्र रहेका जन्मेदेखि १५ महिनामुनिका ११ जना र १५ महिनादेखि ५९ महिनासम्मका ५६ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख चन्दले बताए ।
आइतबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष धनबहादुर चन्द, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
वडालाई पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बालबालिकाहरुलाई विभिन्न रोगहरुबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ ।