Sagun Khabar
भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुख घिमिरेको रुलिङ
Atrya hospital

काठमाण्डौ – सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गरेका छन् । आज बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र कूटनीतिक चासोको विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

गएको वैशाख ९ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले आक्रमणका शृङ्खला भइरहेका छन् । आतङ्कवादी आक्रमणबाट एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update