Sagun Khabar
तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । 

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त कुरा बताएका हुन् । 

सरकारहरुबीच एक अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए । मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update