Sagun Khabar
मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाण्डौ – सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजोको बैठकमा यसबारे छलफल भएको छ ।

पश्चिम नेपालमा गएको भूकम्प तथा गएको वर्षको मनसुनजन्य विपदपछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल भएको प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।

Atrya hospital

सम्भावित मनसुनजन्य विपद्को प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्राधिकरणबाट यथाशीघ्र अन्तिम रुप दिने तथा कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

कार्यकारी प्रमुख इन्जिनियर भट्टका अनुसार विगत वर्षमा मनसुनजन्य विपदबाट उच्च जोखिम बेहोरेका कारण यस वर्ष छिट्टै पूर्वतयारी थालिएको हो ।

वर्षेनि मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरू गर्ने गरिएकामा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी थालेको उहाँले उल्लेख गरे ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update