Sagun Khabar
बैतडीको सुर्नया स्थित बाशुदेब आरभुत स्वास्थ्य केन्द्रमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

बैतडी- बैतडीको सुर्नया २ मा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा न. २ मा रहेको बाशुदेब आरभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सञ्चालन भएको शिविरमा एक सय दुइ जनाले सेवा लिएका छन् ।

शुक्रबार सञ्चालन भएको शिविरमा वडाका विभिन्न स्थानका नागरिकले सेवा लिएका बाशुदेब आरभुत स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट धर्म बि.कले बताए । 

ग्रामीण क्षेत्रका नागरिकहरुलाई गाउँमै पुगेर प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी बिपिन लेखकले बताए ।

शिविरमा निशुल्क औषधि बितरण, पाठेघरको चेकजाँच, गर्भवती महिलाको अल्ट्रासाउण्ड, आइयूसिडी तथा इम्पलान्ट सेवा, महिलाहरुको स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवा प्रदान भएका बासुदेब आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट धर्म बि.कले बताए ।

शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. सुरेस बहादुर बिष्ट लगायतको स्वास्थ्यकर्मीहरुले टीमले सेवा प्रदान गरेको बिकले  बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update