
बैतडी- बैतडीको पाटन नगरपालिकाले कक्षा ८ को नतिजा प्रकाशित गरेको छ । चैत १० गतेदेखी १६ गतेसम्म सञ्चालन भएको आधारभुत परीक्षामा सहभागी भएका ७ सय ५६ जना विद्यार्थीमध्ये ५६८ जना विद्यार्थी उत्तिर्ण भएका पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बताए ।
नगरपालिका भित्रका २ संस्थागत र ३ सरकारी बिद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेका छन् ।
नगरपालिकाले सोमबार शैक्षिक सत्र २०८१ को आधारभुत तह कक्षा ८ को नगरस्तरीय परीक्षाको सार्वजनिक नतिजामा तिन वटा सामुदायिक बिद्यालयहरुले शतप्रतिशत नतिजा निकालेको हो ।
बालकल्याण आवि पाटन नगरपालिका ३ बोहरी गाउँ, शिवशक्ति आवि बगाउँ पाटन नगरपालिका–५, निपालेश्वर मावि पाटन नगरपालिका–१० डैसिलीले सरकारी बिद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेका छन् ।
यता संस्थागत बिद्यालय अन्र्तगत पाटन नगरपालिका ६ मा पर्ने श्री रामजानकी इ.स्कुल र पाटन भ्याली बिद्यालयले शतप्रतिशत नतिजा ल्याएको तथ्याङकमा उल्लेख छ ।
पाटन नगरपालिका–१ मा पर्ने कालिका आवि सकार नगरपालिका भरी नै कमजोर देखिएको छ । कालिकाको १३ जना विद्यार्थी परिक्षामा सहभागि मध्ये ३ जना मात्रै उतिर्ण भएका छन् ।
दुईओटा संस्थागत र ३२ ओटा सामुदायिक विद्यालयहरु आधारभुत तह कक्षा ८ को परीक्षामा सहभागी भएका थिए ।
नगरपालिकाले प्रकाशित गरेको नतिजामा चित्त नबुझेको अवस्थामा विद्यार्थीहरुले सम्बन्धीत विद्यालयको सिफारीससहित आगामी बैशाख १ गतेभित्र निवेदन दिन सक्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले बताए । आधारभूत तहको शैक्षिक गुणस्तर सुधारका लागि पालिकास्तरीय परीक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।