Sagun Khabar
दार्चुलामा बस र जिप एकआपसमा ठोक्किए 
Atrya hospital

दार्चला –दार्चुलामा बस र जिप एक आपसमा ठोकिएका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा बस र जिप एक आपसमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ६ ख १६०७ नम्बरको बस र गोकुलेश्वरबाट गन्नातर्फ गइरहेको म १ ज ३६० नम्बरको बोलेर जिप जीप एक आपसमा ठोक्किँदा जिपको अगाडिको भागमा क्षति पुगेको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update