
कैलाली –नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबिच कुनै समस्या नरहेको बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने दाबी समेत गरेका छन् ।
राजतन्त्रका पक्षमा अहिले हल्लामात्रै भइरहेको भन्दै सभापति देउवाले हल्लाका भरमा केही नहुने बताए ।
कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १८:१५
प्रतिक्रिया दिनुहोस्