Sagun Khabar
कर्णाली नदीमा माछा मार्न गएका बाजुराका एकजनाको मृत्यु 

बाजुरा –कर्णाली नदीमा माछा मार्न गएका बाजुराका एकजनाको मृत्यु भएको छ । 

आइतबार माछा मारेर पिठ्युामा माछा मार्ने जाल, हातमा माछा बोकेर फर्किँदै गरेका ३८ बर्षीय पुसे भण्डारीको मृत्यु भएको हो । 

Atrya hospital

फर्किने बेला एक्कासी चिप्लीएर कर्णाली नदीको किनारामा खसेका भण्डारीले उद्धारका लागि आफन्तहरुलाई फोन गरेका थिए । 

घटना भएको ठाउँमा आफन्तहरु पुग्दा भण्डारीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको शव नदीको खोचमा रहेको छ । कर्णाली नदीमा पानीको बहाव धेरै रहेका शव निकाल्न समस्या भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update