Sagun Khabar
पूर्वराजालाई काठमाण्डौंमा भव्य स्वागत 
Atrya hospital

काठमाण्डौं –पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । पोखराबाट आइतबार दिउँसो काठमाडौं आइपुगेका पूर्वाराजा ज्ञानेन्द्रलाई उनका समर्थकहरूले भव्य स्वागत गरेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।  

त्यसअघि स्वागत गर्नुअघि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस विमानस्थल पुगेको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update