Sagun Khabar
धनगढीमा देउवाको स्वागतमा राखिएका झण्डा विद्यार्थीले हटाए 

कैलाली –धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । 

सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

Atrya hospital

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले भने ती झन्डा हटाइदिएका छन् । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा लगाइएका झन्डा हटाएका हुन् । 

उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीहरूले विरोध गरेपछि केहीबेर सडक अवरूद्ध गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update