Sagun Khabar
कैलालीमा जिप दुर्घटना : एक जनाको मृत्यु 

कैलाली –कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । 

शनिबार जिल्लाको चुरे गाउँपालिका–५ निङलाडीस्थित भीमदत्त राजमार्गमा डोटी दिपायलबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ । 

Atrya hospital

दुर्घटना घाईते भएका बोगटीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । 

उक्त जिपमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ बर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ बर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ बर्षीया कविता साउद रहेका छन् । 

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ । जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update