
कैलाली – प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएका छन् ।
ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।
हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ ०८:०६
प्रतिक्रिया दिनुहोस्