Sagun Khabar
कैलालीमा ‘प्रार्थना सभा’को आयोजना गरेर पैसा असुल्ने सात जना पक्राउ 

कैलाली –कैलालीको टीकापुरमा ‘प्रार्थना सभा’ आयोजना गरि पैसा असुल्ने ७ जना पक्राउ परेका छन् । 

यही फागुन २१ र २२ गते टीकापुरमा आयोजना गरिएको सभामा पैसाल असुलेको भन्द्र अनुग्रह चर्च नेपाल संयोजक करण विक लगायत सात जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ४ पुरुष र ३ महिला रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

Atrya hospital

प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

सभामा उपचारका लागि आएका बिरामीहरूबाट ठूलो रकम सङ्कलन गरेको बताइएको छ । ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो । पीडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको भए पनि ती बाहेकका व्यक्तिहरूको पैसा भने आयोजकले फिर्ता नगरेको टिकापुर प्रहरीले जनाएको छ ।

सभामा भारतीय नागरिक बजिन्दर सिंहले वर्षौँदेखि अपाङ्गता भएका व्यक्तिहरूको उपचारका नाममा झारफुक गरेका थिए । ती मध्ये कतिपयले निको भएको बहाना गरेका थिए ।पक्राउ परेकाहरूलाई ठगी मुद्दा अन्तर्गत कारबाही गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update