Sagun Khabar
पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

  बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । 

  राजमार्गअन्तर्गत बैतडीको  पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिराले बिहानै देखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो  

  अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको आझाले बताउनु भयो  । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन बिचबाटोमै  ठप्प रहेका छन्  । सवारी साधन रोकिँदा यात्रुहरुलाई पनि गन्तव्यमा पुग्न सकस भएको छ  ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update