Sagun Khabar
धनगढीमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एकजना पक्राउ 
Atrya hospital

कैलाली –धनगढीमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । गएराति धनगढीको ट्राफिक चौराहमा ड्युटीमा रहेको प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो ।

राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने ती युवकलाई मंगलवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ड्युटीमा रहेका प्रहरी भने सकुसल रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update