
कैलाली –गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्नुहुँदै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयको सुरक्षा सरकारले गर्ने बताए ।
नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको लेखकको भनाइ थियो। उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको बताए ।
यस्तै सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले निजी विद्यालयले विद्यार्थी जनशक्ति र पुँजी पलायन रोक्ने काम गरेको बताए ।