
कैलाली –कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र वडा नं २ का १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।
माघ २६ गते बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन् ।
सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको उनीहरुमाथि आरोप लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १५:००
प्रतिक्रिया दिनुहोस्