Sagun Khabar
ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा पहल गर्ने : मन्त्री राणा 

कैलाली –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ग्रामीण तथा पिछडिएका क्षेत्रको विकासमा पहल गर्ने बताएकी छन् ।  

धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा निर्माण सम्पन्न आयोजनाको उद्घाटन र सुरु हुने आयोजनाको शिलान्यासका क्रममा उनले सो कुरा बताएकी हुन् । धनगढी उपमहानगरपालिकाका १९ वडामध्ये कम विकसित वडाहरूको विकासमा पहल थाल्ने उनले बताइन् । 

Atrya hospital

उद्घाटन तथा शिलान्यासकै सिलसिलामा वर्तमान शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार क्रियाशिल रहेको पनि बताइन् । 

परराष्ट्रमन्त्री डा. राणाले धनगढी उमहानगरपालिका–२ को वडा कार्यालय भवन, वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको आठ कोठे पक्की भवन, वडा नम्बर १७ स्थित  दमौलिया झोलुङ्गे पुल, वडा नम्बर ११ मा रहेको जोकैया पक्की पुलको उद्घाटन गरेकी छन् ।  यस्तै, वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयको आठ कोठे पक्की भवनको शिलान्यास कार्यक्रमसँगै नेपाल विद्यार्थी सङ्घले  आयाोजना गरेको लागु पदार्थ दुव्र्यसनीविरुद्ध पैदल यात्राका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छन् । 

योजना उद्घाटन तथा शिलान्यास समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रदेशसभा सदस्यहरू, सुदूरपश्चिम प्रदेशकी योजना आयोगकी उपाध्यक्ष जीवन राना, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला कुमारी राना लगायतको सहभागिता रहेको थियो ।

विकास योजनाहरूको उद्घाटन तथा शिलान्यास गर्न धनगढीका वडा–वडामा  पुगेकी परराष्ट्रमन्त्री  डा. राणालााई वडावासीहरूले  विभिन्न समस्या राख्दै ज्ञापन पत्र बुझाएका थिए । यही माघ २५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणा विभिन्न सार्वजनिक कार्यक्रममा सक्रियता जनाइरहेकी छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update