
कैलाली –कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक हस्पिटलको शौचालयमा मृत फेला परेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा मृत फेला परेका हुन् । १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना बुधबार राति २ बजेतिर शौचालयमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए ।
राति दुई बजे शौचालय गएका राना धेरै बेरसम्म नफर्केपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी ढलेको अवस्थामा फेला परेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्