Sagun Khabar
कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक करणीः २ जना पक्राउ, २ जना फरार

बैतडी-कैलालीको जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना फरार रहेका छन् ।

प्रहरीका अनुसार, सामूहिक करणीमा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरीलाई पक्राउ गरिएको हो । घटना मंसिर २२ गते घटेको भए पनि पीडित पक्षबाट ढिलो गरी प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए ।

Atrya hospital

घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुईजना, १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी, भने भारततिर फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको डीएसपी बोहराले जानकारी दिए।

पीडित किशोरीको जाहेरीका आधारमा चारैजनाविरुद्ध जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता गरिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरिसकेको छ भने फरार रहेका अभियुक्तलाई चाँडै कानुनी दायरामा ल्याउने प्रयास भइरहेको बताएको छ।

 १५ वर्षीया किशोरीमाथि सामूहिक करणीजस्तो जघन्य अपराधले स्थानीयस्तरमा आक्रोश र स्तब्धता सिर्जना गरेको छ। यस घटनाले किशोरीहरूको सुरक्षा र समाजमा बलात्कारजस्ता जघन्य अपराधबारे थप गम्भीरता अपनाउनुपर्ने आवश्यकता देखाएको छ।


  
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update