काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।
सरकारले एकैपटक पाँच वटा अध्यादेश सिफारिश गरेकोमा राष्ट्रपति पौडेलले चार वटा तत्कालै जारी गर्नुभएको थियो । उहाँले सुकुम्बासी र भूमिहीनलाई प्रक्रिया नै नपु¥याई जमिन दिने लगायतका व्यवस्था रहेको विषय बाहिर आएपछि थप अध्ययन गर्ने भन्दै भूमिसम्बन्धी अध्यादेश रोक्नुभएको थियो ।
तर आज पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १८:०२
प्रतिक्रिया दिनुहोस्