कैलाली –सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसँग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा प्रदेश सभा सदस्य देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबिच सहकार्यको प्रस्ताव राखेका छन् ।
मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएको समयमा देउवा र मुख्यमन्त्री धामीबिच भेटघाट भएको बताइएको छ ।
देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन् ।
भ्रमण कार्यतालिका तय गरेर सुुदूरपश्चिमका पर्यटकीय स्थलको भ्रमणमा आउन उनले आग्रह गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्