कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ । पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रही आएको छ ।
थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रही आएको छ ।सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १८:२०
प्रतिक्रिया दिनुहोस्