Sagun Khabar
पाँच महिनामा जङ्गली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु 

काठमाण्डौ – पछिल्लो पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको हो । 

पाँच महिनामा सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ । यस्तै हात्तीको आक्रमणबाट ६ जना, गैंडाको आक्रमणबाट चार जना र बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ ।

Atrya hospital

पाँच महिनामा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई सय ५६ जनाको उद्धार र उपचारमा सहयोग पु¥याएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै सर्पको टोकाइबाट पाँच सय ३२ जना, बाघको आक्रमणबाट २४ जना, भालुको आक्रमणबाट १५ जना तथा हात्ती र गैंडाको आक्रमणबाट १४–१४ जना घाइते भएका छन् ।

पाँच महिनामा जीव जनावरको आक्रमणमा परेकाहरूको उद्धारका लागि एक हजार आठ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update