Sagun Khabar
दार्चुलामा  ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत ८६ हजार बढीलाई मास्क वितरण 
Atrya hospital

दार्चुला –दार्चुलामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान थालेको छ । अहिले सम्म ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मास्क लगाउन नागरिकलाई प्रेरित गर्न यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस्तै प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ जनाबाटे ४२ हजार १ सय रुपैँया राजस्व समेत संकलन भएको बताईएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update