Sagun Khabar
एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना निलम्बित

काठमाण्डौ – नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । यस्तै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

एमालेको हिजो बसेको सचिवालय बैठकले तीन जना नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सल्लाहकार रहेका नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएकोले पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।

Atrya hospital

यस्तै पाण्डे र तिम्सिनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।

तीनै जना नेताहरुले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन पार्टीले दान लिएको विषयलाई आलोचना गरेका थिए । उनीहरुलाई कात्तिक ४ गते स्पष्टीकरण सोधिएको थियो ।

पाण्डे र तिम्सिनाले कात्तिक १२ मा स्पष्टीकरण दिँदै ‘एउटै व्यक्तिको दानबाट पार्टी मुख्यालय बनाउने निर्णय गलत भएको टिप्पणी गर्नु कारबाहीको विषय नभएको’जवाफ दिएका थिए । एमालेमा निष्क्रिय रहेका रावलले भने स्पष्टीकरण नै दिएका थिएनन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update