बैतडी- बैतडीमा आँखा शिबिर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पताल र दोगडाकेदार गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन हुने बताईएको छ । यहि मंसिर २७ र २८ गते अर्थात भोली र पर्सी गरि दुईदिन शिविर सञ्चलन हुने वाह्य कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्टले बताए ।
दोगडाकेदार गाउँपालिकामा रहेको सनातनधर्म माबि श्रीकोटमा भोली र पोर्सी शिबिर सञ्चालन हुने छ भने यहि मंसिर ३० र पौस १ गते गरी दुईदिन आखाँ उपचार केन्द्र पाटनमा सञ्चालन हुने भट्टले बताए । शिविरमा मोतीबिन्दु लगायत आखाँका रोगीहरुको लागी निशुल्क अप्रेशन गरिनुका सथै निशुल्क औषधि समेत बितरण हुने बताईएको छ ।
शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दुको समस्या भएका बिरामीहरूको शल्यक्रिया द्धारा निःशुल्क उपचार तथा सुफथ मुल्यमा चस्मा समेत उपलब्ध गराईने बताईएको छ । शिविर भोली बिहान ९ बजेदेखि सुरुहुने वाह्य कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्टले बताए ।