Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालित दन्त शिविर सम्पन्न

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालित दन्त शिविर सम्पन्न भएको छ । । यहि मंसिर १० गते देखि १४ गते शुक्रबार सम्म सञ्चाललन भएको दाँत सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले बताए । 

पालिकाका बिभिन्न ५ ठाउँबाट सञ्चालन गरिएको शिविरबाट ४ सय बढीले  सेवा लिएका छन् । पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा सञ्चालित शिविरमा ४ सय ३० जनाले सेवा लिएका हुन् । 

Atrya hospital

सुर्नया गाउँपालिका वडा न १,२ र ३ का लागी बाशुलिङ्ग स्वास्थ्य चौकी,वडा न ४को भौनेली स्वास्थ्य चौकी , वडा न ५ को रौलेश्वर स्वास्थ्य चौकी , वडा न ६ को शंकरपुर स्वास्थ्य चौकी र वडा न ७ र ८ को लागी शिखरपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले बताए ।

पाँच दिने दाँत सम्बन्धी स्क्रिनिङ शिविरबाट ४ सय बढि नागरिकहरुले सेवा लिएका हुन् । शिविरमा २ सय १५जनाले दन्त सेवा १ सय ८० जनाले दाँत निकाल्ने र ३५ जनाले दाँत सम्बन्धी परामर्श सेवा लिएको स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले बताए । यसरी गाउँघरकै संस्थामा दन्त सेवा पाउँदा नागरिकहरु पनि खुसि भएका शिखरपुर स्वास्थ्य  चौकीका प्रमुख बिर बहादुर बोहराले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update