काठमाण्डौ – रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो ।
दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि ज्यान गएको छ । ज्यान गुमाउने तीन जनाको पचिय थाहा हुन सकेको छैन । १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए ।
जीपमा सवार अन्य तीन जना घाइते भएका प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । काठमाण्डौबाट रामेछापतर्फ गुडिरहेको जीप दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १५:५१
प्रतिक्रिया दिनुहोस्