Sagun Khabar
(रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाण्डौ ल्याइयो

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा बयानका लागि पोखराबाट काठमाण्डौ ल्याइएको छ ।

लामिछानेलाई बुद्ध एअरको विमानमार्फत केहीबेरअघि काठमाण्डौ ल्याइएको प्रहरीले जनाएको छ । उनलाई पोखराबाट काठमाण्डौ ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । विमानस्थल परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

Atrya hospital

काठमाण्डौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई काठमाण्डौ ल्याएको हो । उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछाने एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यसअघि उनलाई सहकारी ठगी प्रकरणमा प्रहरीले रुपन्देही लगेर बयान लिएको छ ।

सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update