Sagun Khabar
सुडानमा अर्धसैनिक बलको घेराबन्दीमा परेका २ सय जनाभन्दा धेरैको ज्यान गयो
तस्बिर : एजेन्सी
Atrya hospital

सुडानमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को घेराबन्दीमा परेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । शहर अल हिलालिया सहरमा आरएसएफको घेराबन्दीमा रहेका दुई सय जनाभन्दा धेरैको ज्यान गएको सुडानी डाक्टर सिन्डिकेटले जनाएको छ ।

घेराबन्दीमा रहेकाहरुमध्ये कतिपय रोग र भोकले, कतिपय चरम यातनाले र कतिपय रासायनिक विषाक्तताका कारण मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुडानको विदेश मन्त्रालयले अल हिलालियामा एक सय २० जनाको सशस्त्र आक्रमण र खाद्य प्रदूषणका कारण ज्यान गएको जनाएको थियो ।

मन्त्रालयका अनुसार अल हिलालियालाई आरएसएफले १० दिनसम्म नाकाबन्दी गरेको छ, जसका कारण मानवीय सङ्कट बढिरहेको छ । सुडान सन् २०२३ को अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीचको द्वन्द्वमा फसेको छ ।  हिंसामा २४ हजार आठ सय ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update