बझाङ –बझाङमा अरिङ्गालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको थलारा गाउँपालिका २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातीको मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएका थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र खातीले बताए ।
उनका अनुसार घाइते हुनेमा ७ वर्षीया सुमी खाती उनकी आमा डम्मरा खाती र हजुरआमा रहेकी छन् ।
घाइतेहरुको रायल प्राथमिक स्वास्थकेन्द्रमा उपचार भइरहेको छ ।
शनिबार दिउँसो १२ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा उनीहरुलाई अरिङ्गालले टोकेको अध्यक्ष खातीले जानकारी दिए ।
मृतक र घाईत सबै एकै परिवरका सदस्य हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ ०९:५०
प्रतिक्रिया दिनुहोस्