Sagun Khabar
टीकापुर विमानस्थलमा परीक्षण उडान गरियो 

कैलाली –कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । 

नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन् । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरम पुगेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हो । 

Atrya hospital

टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले पनि टीकापुर हवाइमैदानमा परीक्षण उडान गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update