Sagun Khabar
महाकाली तुइन प्रकरण छानबीन समितिको म्याद थपियो 
Atrya hospital

दार्चुला –महाकाली तुइन प्रकरणको छानबिनका लागि गठित समितिको म्याद सात दिन थप गरिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीको तुइन फुकाल्दा जयसिंह धामी बेपत्ता भएपछि उनको खोजी र घटनाको छानबिनका लागि सात दिन समय थप गरिएको हो । 

१० दिनको समय पाएको छानबिन समितिको सात दिन समय थप्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । उनका अनुसार छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । 
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएकोमा थियो । घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update