Sagun Khabar
धनगढीको एक घरमा चोरी 

कैलाली –कैलालीको धनगढीमा एक घरमा चोरी भएको छ । धनगढी उपमहानगरपलिका–४ न्युरोड टोलस्थित शान्ति विष्टको घरमा चोरी भएको हो । 

घरमा कोही नभएको मौका छोपेर नगद, सुन, चाँदी र तीनवटा खुत्रुक्के चोरी भएको घरधनी विष्टले बताएकी छन् । कञ्चनपुरको झलारीस्थित कलुवापुर गएको अवस्थामा घरको गेटको ताल्चा तोडेर घरभित्र रहेको नगद र गरगहना चोरी भएको उनले बताइन् । गाउँबाट आज बिहान घर पुग्दा ताल्चा तोडेर सबै सामान तितरवितर गरेको पाइएको उनले बताइन् । 

Atrya hospital

चोरले बिष्टको घरमा रहेको दराज समेत तोडेर १४ हजार जति नगद, १२ आना सुन, तीन जोडा चाँदीको बाला र तीनवटा खुत्रुक्के लगेको छ । 

घरमा चोरी भएको बिषयमा प्रहरीलाई जानकारी गराइसकेको बिष्टले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update