Sagun Khabar
दाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

दाङ – दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जिप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।

Atrya hospital

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय  सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update