Sagun Khabar
गाउँमै डेरी उद्योग खुलेपछि स्थानीयबासी खुसी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेमा डेरी उद्योग सञ्चालनमा आएपछि स्थानीयबासीहरु खुसी भएका छन् । ढोल किमबगडमा श्री लालीगुराँश साना किसान सहकारी संस्थाले डेरी उद्योग सञ्चालनमा ल्याएको हो । 

गाई तथा भैंसीपालन व्यवसायमा अभ्यस्त रहेका किसानहरुको सहजताका लागि डेरी उद्योग सञ्चालनमा ल्याइएको सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्रबहादुर बोहराले बताए । गाउँमा किसानहरुले उत्पादन गरेको दुध विक्रि नहुने र घीउबाट मात्रै सोचेजस्तो आम्दानी नहुने गरेकोमा अब दुध पनि विक्रि हुने भएपछि किसानहरु खुसी भएका हुन् । 

Atrya hospital

गाउँमा किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगले खरीद गर्नेछ । उद्योगले दुधका विभिन्न परिकारहरु बनाएर बजारमा लैजाने तयारी गरेको व्यवस्थापक बोहराले बताए । उनले भने ‘हामीले गाउँघरमा किसानहरुले उत्पादन गरेको दुध खरीद गर्ने र त्यसबाट दुधका परिकार बनाएर विक्रि गर्ने योजना बनाएका छौं । यसले किसानहरुको आम्दानीमा वृद्धि हुने आशा गरेका छौं ।’

गाई–भैंसी पालन व्यवसायमा लागेका किसानहरुलाई डेरी उद्योगले सहयोग पुग्ने लालीगुराँश साना किसान सहकारी संस्थाकी अध्यक्ष कलावतीकुमारी बोहराले बताइन् । बजारबाट टाढा हुँदा गाउँमा उत्पादन भएको दुध विक्रि नभइरहेको अवस्थामा डेरी उद्योग सञ्चालनमा आएपछि किसानहरुको दुध विक्रि हुने उनले बताए । घीउभन्दा दुध विक्रिबाट फाइदा हुने उनले बताइन् । 

डेरी उद्योग सञ्चालन नहुँदासम्म किसानहरुले दुधबाट घीउमात्रै उत्पादन गर्ने गरेका थिए । अब डेरी उद्योगमा दुध विक्रि हुने भएपछि किसानहरुलाई फाइदा हुने बोहराले बताइन् । उनले भनिन् ‘गाउँमा उत्पादन भएको दुध विक्रि नहुँदा समस्या थियो । अब दुध विक्रि हुने भएपछि फाइदा होला भन्ने आसा छ ।’

ग्रामीण क्षेत्रमै डेरी उद्योग सञ्चालन भएपछि किसानहरुलाई दुग्धजन्य पदार्थ उत्पादनसम्बन्धी तालिम दिने कार्य समेत भइरहेको छ । दुध संकलन गरेर त्यसबाट विभिन्न परिकार बनाउन तालिमले सहज हुने बोहराले बताइन् । 
सुर्नया गाउँपालिका, सुर्नया गाउँपालिका वडा नं ८ को कार्यालय र साडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा सहकारी संस्थाले डेरी उद्योग सञ्चालनमा ल्याएको हो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update